Rule 41
बाल सुधार गृहको सुरक्षा
(१) बाल सुधार गृहले बालबालिकाको आन्तरिक सुरक्षा, हेरचाह तथा अनुशासन पालनको सुपरिवेक्षणको लागि बाल सुधार गृह प्रमुख वा गृह व्यवस्थापक (वार्डेन) को व्यवस्था गर्नु पर्नेछ ।

(२) बाल सुधार गृहले सम्भव भएसम्म बालक रहने खण्डमा पुरुष र बालिका: रहने खण्डमा महिला गृह प्रमुख वा गृह व्यवस्थापक, उप-व्यवस्थापक र सहायक व्यवस्थापक राख्नु पर्नेछ ।

(३) आवास कक्ष;शौचालय र स्नानकक्ष बाहेकको बाल सुधार गृहको खुला क्षेत्रमा सीसीटीभीजस्ता उपयुक्त उपकरण जडान गरी निगरानी राख्न सकिनेछ ।

(४) बाल सुधार गृहका भवनको आन्तरिक क्षेत्रको सुरक्षा सादा पोशाकमा रहने प्रहरी सुरक्षाकर्मीबाट र बाहिरी क्षेत्रको सुरक्षा प्रहरी सुरक्षाकर्मीबाट हुने व्यवस्था मिलाउनु पर्नेछ।

(५) बाल सुधार गृहले बाहिरी क्षेत्रमा आवश्यकता अनुसार सिसिटीभी उपकरण जडान गरी बाहिरी गतिविधिको विद्युतीय अभिलेख रहने व्यवस्था मिलाउनु पर्नेछ । (६) बाल सुधार गृहको बाहिरी क्षेत्रका चारै कुनामा प्रहरी कर्मचारीलाई वाच टावर वा अन्य संरचना बनाई सुरक्षा दिने व्यवस्था मिलाउनु पर्नेछ ।

(७) बाल सुधार गृहका कुनै कर्मचारी, “प्रहरी: कर्मचारी वा आगन्तुकले प्रचलित कानूनले निषेध गरेका सामग्री बाल सुधार गृहभित्र ल्याएमा प्रचलित कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।

(८) बाल सुधार गृहमा विद्युतको उचित व्यवस्था गर्नु पर्नेछ र विद्युत नभएको समयमा समेत विद्युतको अन्य वैकल्पिक व्यवस्था मिलाउनु पर्नेछ ।

(९) बाल सुधार गृहको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीका लागि बाल सुधार गृहको प्रवेशद्वार नजिकै अलग्गै भवनको व्यवस्था हुनु पर्नेछ ।

(१०) उपनियम: (९) बमोजिमका सुरक्षाकर्मी देहाय बमोजिमको अवस्थामा बाहेक बालबालिका बस्ने स्थान तथा बालबालिकाको आवास गृहभित्र प्रवेश गर्नु हुँदैनः-

(क) बाल सुधार गृहका बालबालिकाबीच कुटपिट र हिंसात्मक कार्य भएमा,

(ख) बाल सुधार गृहका बालबालिकाबाट कर्मचारी वा अन्य व्यक्तिमाथि शारीरिक आक्रमण भएमा,

(ग) बाल सुधार गृहका बालबालिकाले बाल सुधार गृहको सम्पत्तिमा हानी, नोक्सानी र क्षति पुन्याएमा, (घ) विपद्को अवस्थामा बालबालिकाको उद्घार गर्नु परेमा,

(ङ) बाल सुधार गृह प्रमुखले सुरक्षा गर्नुपर्ने आवश्यकता देखेमा ।

(११) बाल सुधार गृहले उपनियम (१०) बमोजिमको अवस्थामा खटिएका सुरक्षाकर्मीको प्रवेशलाई अभिलेख गर्नु पर्नेछ ।